योगेश भन्छन्, 'हामीले पहिल्यै चिनेका खेलाडीलाई नेपाल र खनाल अहिले चिन्दै हुनुहुन्छ'
काठमाडौं । एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्षअघिको घटना स्मरण गराएका छन् ।
एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने पार्टी निर्णय अवज्ञा गर्ने चेतावनी दिए लगत्तै एमाले नेता भट्टराईलाई एक वर्षअघिको घटना स्मरण गराएका हुन् ।
नेता भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि नमानेपछि कुनै दिनपरिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर छुट्टिएको जानकारीसमेतगराएका छन् । उनले एकीकृत समाजवादीमा अहिलेको जस्तो अवस्था आउँछ भनेर आफूलेपहिल्यै भनेको पनि उल्लेख गरेका छन् ।
‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टीविभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाटछुट्टिएको पलको स्मरण भइरहेको छ । हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले विस्तारै चिन्दैजानुहुनेछ,’ भट्टराईले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रतिक्रिया