मनसुनजन्य विपदबाट यसवर्ष कुन प्रदेश कति जोखिममा ?

mausam_fani

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ । 

बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ । 

‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपद्बाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत रूपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ अजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको छ,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने । 

२०२० सम्म गृह मन्त्रालयको डिआरआर पोर्टल, विपद् पोर्टल, जलोत्पन्नप्रकोप विभाग र विश्व खाद्य कार््यक्रमबाट उपलब्ध तथ्याङ्कको आधारमासंयुक्त राष्टट्रसङ्घीय आवासीय प्रतिनिधिको कार्यलयको सहयोगमा २०७९ सालको मनसुनमा प्रभावित हुनसक्ने जनसङ््ख्ययाको आँकलन गरिएको उनले जनाए । 

विपद्का घटनाबाट सबैभन्दा बढी प्रदेश नं. १ मा ५ लाख ७० हजार २८४ रसबैभन्दा कम कर्णाली प्रदेशमा लगभग ५४ हजार ९५५ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

यसवर्ष मधेश प्रदेशमा ४ लाख ६५ हजार ४९५, बागमती प्रदेशमा १ लाख ४६ हजार८२८, गण्डकी प्रदेशमा १ लाख १९ हजार १९८, लुम्बिनी प्रदेशमा ३ लाख ७९ हजार९०२ र सुदूरपश्चिम प्रदेशमा २ लाख ६३ हजार ३१३ जना प्रभावित हुने अनुमान प्राधिकरणको छ । 

२०७९ सालको मनसुन जेठ १८ गतेबाट सुरू भई असोज १४ गतेसम्म रहने जल तथामौसम विज्ञान विभागले अनुमान गरेको छ । यस चार महिनाको मनसुनको अवधिमादेशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने हुने सम्भावना रहेको छ । 

प्रदेश नं. १ का तराईका भूभागहरू, बागमती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तरपश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरूमा सरदरभन्दा बढीवर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग गण्डकी प्रदेशका मध्य भूभाग र प्रदेश नं. १ को मध्य भूभागहरूमा सरदरभन्दा बढीवर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । 

गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ। 

गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशको मध्य तथा पश्चिमी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। 

प्रदेश नं. १ का उत्तरी भूभाग, बागमती प्रदेशका दक्षिणी भूभाग र मधेशप्रदेशका अधिकांश भूभागहरूमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावनारहेको छ । 

त्यसैगरी यो वर्षको मनसुनको समयमा देशका अधिकांश भूभागमा अधिकतम तापक्रमऔसत र औसतभन्दा कम हुने र अधिकांश भागमा न्यूनतम तापक्रम औसत तथा औसतभन्दाबढी हुने अनुमान गरिएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित