आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

rastriya sava_1

काठमाडौं । संघीय संसदअन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिकोदफाबारे छलफल सदनमा गरियोस्, आर्थिक विधेयक २०७९ पारित गरियोस्, राष्ट्र ऋणउठाउने विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्, राष्ट्र ऋण उठाउनेविधेयक, २०७९ पारित गरियोस्, ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरियोस्, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) २०७९ माथि सदनमा दफाबार छलफलगरियोस्, स्वाथ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलोसंशोधन) २०७९ पारित गरियोस् भन्नेप्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमाउल्लेख छ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वेविधेयक २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, रेल्वे विधेयक २०७९ पारितगरियोस् भन्ने प्रस्ताव पस्तुत गर्ने सम्भावित कार्यसूची छ।

प्रतिक्रिया

सम्बन्धित