रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्ट

rabi

काठमाडौं । रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न गोलाकारभित्रको घण्ट शुक्रवार दर्ता भएको हो ।

निर्वाचन आयुक्तहरूको बैठकले उक्त निर्णय गरेको उनले जानकारी दिए ।

लामिछानेले पहिले घण्ट मात्रै प्रस्ताव गरेका थिए । यसअघि स्वतन्त्र नाम राजनीतिक दल हुन नसक्ने भन्दै विरोध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित