पासपोर्टको मागसहित युवा संघद्वारा राहदानी विभाग घेराउ
काठमाडौं । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले त्रिपुरेश्वस्थित राहदानी विभाग घेराउ गरेको छ ।
राहदानी वितरणमा भएको ढिलासुस्ती र विभागमा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै आइतबार सरकारलाई दबाब दिन युवा संघका कार्यकर्ताले घेराउ तथा प्रदर्शन गरेका हुन् ।
घेराउको क्रममा प्रदर्शनकारीले ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार, के गर्दैछ सरकार’ लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया