माओवादी पोलिट्ब्यूरो सदस्यमा रामप्रसाद र दिलीप प्रजापति निर्वाचित
भक्तपुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालका केन्द्रीय इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा) पार्टीको पोलिट्ब्यूरो सदस्यमा निर्वाचित भएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्र भक्तपुर जिल्ला इन्चार्ज दिलीप कुमार प्रजापति (भिष्म) पनि पोलिट्ब्यूरो सदस्यमा निर्वाचित भएका छन् ।
राजधानीमा जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार १ सय २५ सदस्यीय पोलिट्ब्यूरो सदस्य चयन गरेका हुन् ।
प्रतिक्रिया