प्रेस युनियन कार्य समितिका लागि मतदान सुरू

pressssssss

काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ । 

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी महाधिवेशनमा बिहान ११ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। दिउँसो ४ बजेसम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ।

महाधिवेसनमा एक हजार ६३० जनाले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निकटका पत्रकारको दुईवटा प्यानल छन्।

संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित