गिरीको निधनमा संसद बैठकले शोक प्रस्ताव पारित गर्ने

samsad

काठमाडौं । दिवगंत नेता प्रदिप गिरीको निधनमा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रस्ताव पारित गर्ने भएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको सम्भावितकार्यसूचीमा गिरिप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोक प्रस्ताव पारित गर्नेभएको हो । 

२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा– ५ बाट पहिलोपटक सांसदमानिर्वाचित भएका गिरी त्यसपछि क्रमश: २०६४ र २०७० सालको संविधानसभानिर्वाचनमा भने समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।
 
यसैगरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा–१ बाट निर्वाचित भएकोक्यान्सर पिडित गिरीको शनिवार राती उपचारको क्रममा निधन भएको थियो ।

नेपाली कांग्रेसवाट प्रतिनिधित्व गर्ने सांसद गिरिको आइतवार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित