ससुरा र पिएका कारण मन्त्री थापा संकटमा पर्दै

gagan thapaकाठमाडौं । स्वास्थ्य मन्त्री गगन थापा पछिल्लो सयम पार्टी भन्दा आफ्ना विवादास्पद सहयोगीहरुको निर्देशनमा चल्न थालेपछि बद्नाम हुन थालेका छन् । यतिसम्मकी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहका नेता उमाकान्त चौधरीले कमिसनखोर, दलाल, भ्रष्ट र तस्करको निर्देशनमा मन्त्री थापा चलेको भन्दै सिटौलासामु गुनासो गरेका छन् । चौधरी पूर्व स्वास्थ्य मन्त्री हुन् भने मन्त्री थापा पनि सिटौला समूहबाट स्वास्थ्य मन्त्री बनेका हुन् ।

 गत सोमबार मन्त्री थापाले दुई दर्जन बढि अस्पतालहरुको अध्यक्ष नियुक्ति गर्ने क्रममा स्वास्थ्यका बारेमा कुनै पनि जानकारी नै नभएका अन्धभक्त कार्यकर्तालाई पार्टीको सिफारिस विना नियुक्ति गरेर गाइजात्रा देखाएका छन् । जसको बारेमा पार्टीमा कुरा उठिसकेको छ ।

 पिएहरु शैलेस सिटौला, कृष्ण रिजाल, प्रताप पौडेल, श्रीमती अञ्जना थापा र काइला ससुरा केदार नरसिंह केसीको सिफारिसमा मन्त्री थापाले स्वास्थ्यमा सरुवा, बढुवा र नियुक्ति गरेपछि पार्टीमा उनको विरोध शुरु भएको छ ।

 मन्त्री थापाकै नजिकका नेता प्रदिप पौडेलले पनि उनको विरोध शुरु गरिसकेका छन् । चार सय भन्दा बढि बेड रहेको भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा मन्त्री थापाले चितवनमा उनका कार्यकर्ताहरुलाई सौराहादेखि टाइगर टप्ससम्म घुमाएकै भरमा स्वास्थ्यको सामान्य जानकारी समेत नभएका राजकुमारराज भण्डारीलाई नियुक्ति गरेर जनलाई कस्तो स्वास्थ्य सेवा दिन खोजेका हुन् ? उनी निकट एक नेताले प्रश्न गरे ।

 भरतपुर विकास समितिको अध्यक्ष नियुक्ति प्रकरण एक उदाहरण मात्रै हो । मन्त्री थापाले नियुक्ति गरेका अधिकांश जिल्ला, क्षेत्र र अञ्चल अस्पतालको हालत उस्तै छ ।

 त्यसो त, पार्टीभित्रै विगत लामो समयदेखि स्वास्थ्य मन्त्रालयमा कार्यरत रहे पनि कुनै मन्त्रीले नपत्याएका कारण सिन्को भाँच्न नसकेका डा. केदार नरसिंह केसीको चुरीफुरीको स्वास्थ्य सरुवा, बढुवा र नियुक्ति प्रकरणमा देखिएको छ । गत शनिबार विपी स्मृति सहकारी संस्था अन्तर्गतको विपी स्मृति अस्पतालको कार्यकारी समितिको दोस्रो कार्यकालमा सर्वसम्मत भएपछि डा. केसीले स्वास्थ्य मन्त्रालयबाट सात करोड रकम हात पारिसकेका छन् ।

 ज्वाँई मन्त्री भएको मौका छोपेर केसीले मन्त्रालयबाट अनुदान स्वरुप अस्पतालका लागि भन्दै उक्त सात करोड रुपैयाँको कागजी रुपमा टेण्डर गरेर हात पारि सकेका छन् । जुन कुरा स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई बाँडेको रकमको विवरण हेर्दा पनि थाहा हुन्छ । डा. केसीले विपी स्मृति अस्पताल बसुन्धाराका लागि भनेर लिएको उक्त रकम हात पार्नका लागि आफू निकटकालाई टेण्डर हाल्न लगाएकोमा अहिलेसम्म पनि अस्पतालमा कुनै पनि सामाग्री मगाएका छैनन् ।

 स्वास्थ्य मन्त्रालयको असोजको मन्त्रालय, कात्तिकको विभाग, मंसिरको क्षेत्र र पुसको जिल्ला स्तरिय सरुवामा स्वास्थ्य मन्त्री थापाकहाँ भन्दा उनको काइला ससुरा डा. केसीकहाँ स्वास्थ्यका कमाउ अड्डामा जाने कर्मचारीहरुको घुँइचो लागेको थियो । राजधानी आसपासका जिल्लाहरुबाट सम्बन्धित जिल्लाको ‘फोकल पर्सन’ मा सरुवा हुनेहरुबाट कोशेली लिएर अन्तिम नामावली बनाउँदै डा. केसीले गुड फ्राइडे भन्दै ज्वाँई र छोरीलाई बोलाएर खाना खुवाउँदै उक्त नामावली दिएर जसरी पनि सरुवा गर्न निर्देशन दिएको समेत स्रोतको दावी छ ।

 गत आइतबार मात्र डा. केदारनरसिंह केसीले डा. नरेशप्रताप केसीलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाउन मन्त्रीकहाँ सिफारिस गरेपनि अन्तिम समयमा आएर काइला ससुराको बानी व्यहोरा राम्रोसँग बुझेका मन्त्री थापाले डा. कसीलाई व्यवस्थापन महाशाखाबाट सरुवा गरेर परिवार स्वास्थ्य महाशाखामा पु-याएका छन् । डा. नरेशलाई डिजी बनाउन डा. केसीले दुइ करोडसम्म बार्गेनिङ गरेको बुझिएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित