काठमाडौं वर्ल्ड स्कुलमा ‘ग्याङफाइट’, घटना गुपचुप राख्ने प्रयास असफल
भक्तपुर । भक्तपुरको सूर्यविनायक—७ गुण्डुस्थित काठमाडौ वर्ल्ड स्कूलमा ग्याङ्फाइट भएको छ ।
उक्त स्कुलमा कक्षा १२ मा पढ्ने एक विद्यार्थीले मंगलबार बाहिरी केटाहरू बोलाएर अर्का स्थानीय विद्यार्थीलाई कुटेका थिए । त्यसको बदला लिने भन्दै कुटाइ खाने विद्यार्थीले बुधवार आफ्ना पक्षका केटाहरु बोलाएपछि विद्यालय क्षेत्र तनाव ग्रस्त बनेको छ ।
घटनालाई बढ्न नदिन प्रहरी परिचालन गरिएको छ । विद्यालय प्रशासनले घटना गुपचुप पार्ने हर सम्भव प्रयास गरिरहेको बताइएको छ । अहिले दुई पक्षबीच वार्ता भैरहेको जनाइएको छ ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र राष्टिय परीक्षा बोर्डको आचारसंहिता विपरित भट्किलो विज्ञापन गरेर विद्यार्थी र अभिभावकलाई भ्रमित पार्दै काठमाडौ वर्ल्ड स्कूलले पछिल्लो समय धेरै विद्यार्थी भर्ना गरेको छ ।
क्वालिटीको नाममा पैसा मात्र हेर्ने विद्यालयको नीति नबुझ्दा स्थानीय जनप्रतिनिधि नै यस स्कूलको एजेण्ट बनेर विद्यार्थी भर्नाका लागि उक्साउदै आएका छन् । आफ्ना बालबालिकाको उज्वल भविष्यको आशामा यस स्कूलमा लाखौ तिर्न बाध्य बनेका अभिभावक भर्नापछि पछुताउनुको विकल्प भने देखिएको छैन ।
नेपालका एकमात्र अर्बपति ब्यापारी बिनोद चौधरीका भाइ अरुण चौधरीको उक्त विद्यालयमा यसअघि पनि यस्ता घटना हुने गरेकोमा भित्रभित्रै गुपचुप राखिने गरेको थियो
प्रतिक्रिया