देशभर २१५ जनाले कोरोनाविरूद्ध जित हात पार्दा थप २६९ मा संक्रमण पुष्टी

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २६९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३५५७ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

नेपालमा पछिल्लो १ दिनमा २१५ जना कोरोनामुक्त भएका छन् । यससँगै मन्त्रालयका अनुसार नेपालमा अहिलेको अवसमा ३१५८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै गत २४ घन्टामा नेपालमा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित