सन्दीपविरूद्ध प्रमाण संकलन गर्दै प्रहरी, सिनामंगलको होटेलमा ७ घन्टा बसेको भेटियो
काठमाडौं । नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ।
भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको प्रहरी स्रोतले जनाउको छ । मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगैप्रहरीले प्रमाणहरू संकलन सुरु गरिसकेको छ ।
प्रमाणस्वरूप प्रहरीले काठमाडौं ९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ। प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको जनाएको छ।
सीसीटीभि फुटेजमा उनिहरु करिब सात घण्टा होटलमा बसेर भदौ ६ गते बिहान फर्किएको देखिएको पनि प्रहरीले जनाएको छ । सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक पटक बलात्कार गरेको भन्दै युवतिले प्रहरीमा उजुरी दिएकी थिईन् ।
घटना हुनुअघि सन्दीप र किशोरी भक्तपुरको नगरकोट पनि गएको जाहेरीमा उल्लेख गरेकी छन्। त्यहाँको पनि सिसिटिभी फुटेज संकलन गर्न प्रहरी खटिएको छ।
प्रतिक्रिया