डेंगुबाट नेपालगञ्जमा २ को मृत्यु, देशैभर फैलियो डेंगु

dengue

नेपालगञ्ज ।  नेपालगञ्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।

पछिल्ला दिनमा देशभर डेंगुको महामारी फैलिइरहेको छ । उपत्यकालगायत देशभर फैलिएको डेंगुका कारण अहिले हजारौं संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेंगुबाट बच्नका लागि हरेकले साबधानी अपनाउन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित