सर्वोच्चको जाने तयारीमा रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र घरमै ‘थुनिए’
काठमाडौं । निलम्बित प्रधानन्यायाशीध चोलेन्द्र शमशेर राणा बालुवाटारस्थित निवासमै रोकिएका छन्।
आइतबार सर्वोच्च अदालत जाने तयारी रहेका उनलाई सुरक्षा निकायले बालुवाटारबाट निस्कन रोकेपछि उनी निवासमै रोकिएका हुन्। चोलेन्द्र शमशेर राणा निस्कने गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सुरक्षाकर्मीले प्रधानन्यायाधीश निवास भित्र र बाहिरिने गाडीको कडा सुरक्षा चेकजाँच गरेर मात्र आउनरजान दिइरहेको छ।
प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूविरुद्धको महाअभियोग ‘निस्क्रिय’बनेको निष्कर्षका साथ चोलेन्द्र आज सर्वोच्च फर्कने तयारी गरेका थिए।
प्रतिक्रिया