टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन महानगरलाई उच्चको आदेश

tukucha

काठमाडौं । उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिईनभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

पाटन अदालतको आदेशमा भनिएको छ, ‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामाबनेको घर कानुनबमोजिम रित नपुर्‍याई वा उचित क्षतिपूर्ति नदिई भत्काउनेकार्य नगर्नू-नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ।’

यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतलेदुवै पक्षलाई बोलाएको छ। प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाटनिर्देशक भोलाविक्रम थापासमेत तीन जनाले शुक्रबार रिट दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित