‘संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य’
पोखरा : नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले संविधानको कार्यान्वयनका निर्वाचन अपरिहार्य भएको बताएका छन् । निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका उनले संविधानले निर्दिष्ट गरेअनुसारका स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन गरेपछि मात्र संविधानको सही कार्यान्वयन हुन्छ भन्ने पक्षमा नेपाली काँग्रेस रहेको पनि बताए। पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, लामाचौरमा निर्माणाधीन बिपी स्मृति पार्कको आज शिलान्यास गर्दै उनले देशमा चाँडै नै स्थानीय तहको निर्वाचन हुने बताए । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घ पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस एकाइ अध्यक्ष एवम् बिपी स्मृति पार्क निर्माण समितिका संयोजक सुमन शर्माले बिपीका आदर्श र योगदानलाई जीवन्त राख्न उहाँनको स्मृतिमा पार्क निर्माण गर्न लागिएको जानकारी दिए। कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाट, नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार, कास्की काँग्रेसका सभापति कृष्ण केसीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया