सरकारलाई सत्तरुढ दलकै चेतावनी
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा संविधान संशोधन विधेयक अघि प्रतिरोधमा उत्रने बताएका छन् । राप्रपा अध्यक्ष कमल थापाले दलहरुबीच नयाँ समझदारी नभई संविधान संशोधन प्रस्ताव अघि बढाए मुलुककै लागि प्रत्युत्पादक हुने चेतावनी दिएका छन् । धुम्बाराहीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सर्वोच्च अदालतको आदेशले कानुनी रुपमा जे फैसला गरेको भएपनि राजनीतिक सहमतिको आधारमा मात्रै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्नेमा जोड दिए । राप्रपा अध्यक्ष थापाले तत्काल स्थानीय चुनावको मिति घोषणा गर्न सरकारसँग माग पनि गरेका छन् ।
प्रतिक्रिया