सत्यमोहन जोशीको स्वास्थ्यमा समास्या, थप उपचारका लागि आईसीयूमा सारियो
काठमाडौं । संस्कृतिविद एवम् शताव्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयूमा सारिएको छ ।
गत असोज ७ गते अस्पताल भर्ना भएका जोशीकोको स्वास्थ्यमा सुधार नभएपछि सोमबार बिहान आईसीयू कक्षमा सारिएको अस्पतालले बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो ।
मुटु र प्रोष्टेटको समस्या देखिएका १०३ वर्षीय जोशीको रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।
किष्ट मेडिकल कलेजका निर्देशक एवम् प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीलाई डेंगु संक्रमणले निकै गलाएको छ । १७ दिनको अस्पताल बसाइको क्रममा शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछिल्ला तीनरचार दिनदेखि उनमा खानामा पटक्कै रुचि नभएको र बोल्न पनि नसक्ने अवस्थामा रहेको बज्राचार्यले जारी गरेको स्वास्थ्य बुलेटिनमा उल्लेख छ । उनमा युरिन इन्फेक्सन र छातीमा निमोनिया पनि देखिएको छ ।
‘जोशीज्यूको समग्र अवस्थामा उल्लेखनीय प्रगति भएको पाइएको छैन,’ किष्ट मेडिकल कलेजको बुलेटिनमा लेखिएको छ ।
किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै घरमा रहेको बेलामा पनि नर्सिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया