देउवासहित उजुरी परेका उम्मेदवारले आज सफाई पेश गर्दै
काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ ।
२३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध परेको छ ।
देशैभरीका उम्मेदवारमाथि परेको उजुरी पछि निर्वाचन आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सूचना टाँस गरी सवन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
प्रतिक्रिया