नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार नजिक, ४४ को मृत्यु

dengue

काठमाडौं । नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ । 

२०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । 

डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

हाल देशको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ । 

प्रतिक्रिया

सम्बन्धित