गृहमन्त्री निधिलाई किन दिइयो ‘नेरु’ उपनाम ?
भारतीय पक्षसँग सिधै पहुँच राख्ने गरेका कारण मधेसी मोर्चाका नेताहरू निधिसँग डराउने गर्छन् । ‘विमलेन्द्र निधि भारतीय पक्षको खास मान्छे हुन्’, स्रोतले भन्यो,‘भारतले पनि निधिलाई धेरै विश्वास गरेको छ ।’भारतको विश्वास पात्र भएकै कारण निधिलाई देउवाले छाड्न सकेका छैनन् । देउवाको विरात थाम्ने गरेर हैसियत बनाउँदै आएका निधिले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै आएका छन् ।
‘विमलेन्द्र निधिले आफूलाई कांग्रेसको सभापति र भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्ने गरेका छन्’, स्रोतले भन्यो,‘यस्तै अवस्था रह्यो भने विमलेन्द्र निधिले देशलाई भारतको शरणमा पु-याउन बेर छैन ।’ मधेसी मोर्चाभित्र केही समस्या प¥यो भने भारतका विश्वासपात्र अर्थात ‘नेरु’ निधिसँग कुरा गर्ने भनेर सल्लाह आउने गरेको स्रोतको भनाई छ । निधिलाई मधेसी मोर्चाले पनि भारतपरस्त नेताका रुपमा चित्रित गर्ने गरेको छ । एमालेले पनि निधिलाई ‘भारतीय दलाल’ भन्दै निधिको आलोचना गर्दै आएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
प्रतिक्रिया