रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

0D30E9CA-A306-44B9-B0CC-54C7E1E0484D

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालीका–४ उधोगपुरीमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गुल्मीको हस्तिचौर घर भई हाल सिद्धार्थनगर नगरपालिका–४स्थित पौवा होटेलमा काम गर्ने अन्दाजी २३ बर्षीय सन्तोष खत्री रहेका छन् । 

खत्रीले चलाएको लु ५५ प ४७५९ नम्बरको स्कुटर गएराती सवा ११ बजे अनियन्त्रीत भएर पल्टिदा उनी गम्भीर घाइते भएका थिए । 

खत्रीलाई उपचारको लागि भैरहवास्थित भिम अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित