ओलीले मेरो राजनीति सिध्याउनकै लागि टिकट दिएनन् : नेता रावल

Bhimrawal
काठमाडौं ।
एमाले नेता भीम रावलले आफ्नो राजनीति सिध्याउनकै लागि केपी ओलीले टिकट नदिएको आरोप लगाएका छन् । ‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १मा सर्वसम्मतिले एकमात्र उम्मेदवारको रुपमा सिफारिश भएता पनि टिकट नपाएका एमाले नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन् ।

रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले अछाम १ बाट टिकट नदिइएको आरोप लगाए । उनले स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै तल्लो तहमा सिफारिस नै नभएका तथा एमाले बनाउन कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिएको भन्दै उनले पार्टी अध्यक्ष केपी ओलीप्रति आक्रोश व्यक्त गरे।

नेता रावलले झन्डै दुई तिहाइका प्रधानमन्त्री भएका बेला ओलीले अधिकांश समय बालुवाटारकै अस्पतालमा बिताएको, राष्ट्रहित र संवेदनशील विषयमा संसदमा उपस्थित नहुने, आफूलाई बोल्न चाहेको समयमा अरुलाई उर्दी जारी गर्ने भन्दै ओलीको तिखो आलोचना गरे ।

प्रतिक्रिया

सम्बन्धित