देशभर २६ जना कोरोनामुक्त हुँदा थप ४२ जनामा कोरोना पुष्टी
काठमाडौं । गत २४ घन्टामा देशभर थप ४२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका १०६९ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरका विभिन्न अस्पतालबाट २६ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् भने उक्त अवधिमा २ लाख ६ हजार ६०४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् । अहिलेको अवस्थामा नेपालमा ६३८ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया