२२ गतेको जनप्रदर्शनका लागि एमालेले गर्यो तीन निर्णय

yamaleकाठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुस २२ गतेको राजधानी गर्ने जनप्रदर्शनलाई मर्यादित र व्यवस्थित बनाउन पाँच सय स्वयं सेवक परिचालन गर्ने जनाएको छ । एमालेसहितका ९ राजनीतिक दलले यही पुस २२ गते राजधानीमा गर्ने जनप्रदर्शनको तयारी स्वरुप आइतबार बिहान पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले जनप्रदर्शनका तयारीको सन्दर्भमा ३ निर्णय गरेको हो । बैठकमा तयारीका समबन्धमा कामहरूको समीक्षा भएको जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले पुस २२ गते राजधानीमा व्यापक जनप्रदर्शनको तयारीका लागि एमाले व्यवस्थापिका संसदका सदस्यहरूलाई आ–आफ्नो जिल्ला कमिटी तथा सम्पर्क कमिटी र मञ्चहरूसँग समन्वय गरी तयारीको काममा जुट्न निर्देशन दिएको छ । जनप्रदर्शन तथा त्यसभन्दा अघिका तयारीका सिलसिलामा तोकिएका नाराहरू मात्र प्रचार–प्रसार गर्न र प्रदर्शनलाई मर्यादित र व्यवस्थित बनाउन सम्पूर्ण पार्टी कमिटी तथा सदस्यहरूलाई अपील गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । ‘जनप्रदर्शनलाई व्यवस्थित गर्न ५ सय स्वयम्सेवकहरू परिचालन गर्ने निर्णय गरिएको छ’, सचिव भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासचिव ईश्वर पोखरेलको अध्यक्षमा आइतबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले जनपरिचालनलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउने निर्णय गरेको हो । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ । जनप्रदर्शन तथा त्यसको प्रचारप्रसारलाई मर्यादित र व्यवस्थित बनाउने एमालेले जनाएको छ । बैठकले सांसदहरुलाई आ–आफ्ना जिल्ला कमिटी, सम्पर्क कमिटी र मञ्चहरुसँग समन्वय गरेर तयारीमा जुट्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित