एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाँदै

KP-S-oli2022-10-12-07-10-55
काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाँदैछन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने छन् । ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित