कहाँ फस्यो एमाले ?

olimakuneकाठमाडौं । संविधान संशोधनका नाममा सदन अवरोध गर्दै आएको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फाल्न ठूलै योजना बनाएको खुलासा भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई वैशाख अगाडि नै प्रधानमन्त्री बन्न प्रस्ताव गरेर एमालेले राजनीति गरेको नया“ घटना बाहिर आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सत्ताको लालीपप’ मा फसेका देउवाले प्रचण्डलाई वीचमा धोका दिने हुन् कि भनेर राजनीति गरमाएको छ । प्रचण्ड पनि स्थानीय निकायको चुनाव घोषणा गर्नुभन्दा आलटाल गरेर आफ्नो प्रधानमन्त्री पदको आयू लम्बाउनेतिर लागेपछि देउवा र कांग्रेसी नेताहरू त्रसित भएका हुन् । सुदूरपश्चिमको भ्रमणका बेला प्रचण्डले सबै चुनाव मैले गर्ने हो भनेपछि देउवा निवासमा भूकम्प गएको थियो । प्रचण्डको यो अभिव्यक्तिलाई लिएर देउवाले आफ्नो किचन क्याबिनेटमा छलफल समेत गरिसकेका छन् । उता, प्रचण्डले पूर्व सहमति भुल्ने हो भने एमालेसँग मिलेर समीकरण गर्ने सल्लाह देउवालाई दिएको स्रोतको भनाई छ । कांग्रेसले सत्ता सञ्चालनमा असहयोग गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफू निकटकासँग गुनासो गरिरहेका छन् । उता कांग्रेस सभापति देउवाले भने प्रचण्डले नै चुनाव नचाहेको भन्दै दबाब दिएर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने धारणा राख्न थालेका छन् । आफूले विश्वास गरेका नेता विमलेन्द्र निधि नै अहिलेको प्रचण्ड सरकारको आयू लम्बाएर हालिमुहाली गरिरहने दाउमा रहेपछि देउवालाई समस्या भएको हो । यो कुरा बुझेको एमालेले सबै पासा फ्याकेको छ । जति पासा फ्याके पनि एमाले आफूले बनाएको जालमा दिन प्रतिदिन फस्दै गएको छ । एकाएक राष्ट्रवादी छवि बनाएका ओली र देउवावीच अहिले निकटता बढ्न थालेपछि माओवादी डराएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित