विकासका लागि नयाँ अभ्यासको थालनी गर्छौ : बिष्णु पौडेल
काठमाडौं ।
पूर्वअर्थमन्त्री तथा रुपन्देही २ मा प्रतिनिधिसभाका उम्मेदवार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् । रुपन्देहीको सैनामैनामा घरदैलो कार्यक्रमका क्रममा पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताए । पूर्वाधारसँगै मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।
प्रत्येक घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने भन्दै पौडेलले पुल(पुलेसा, बाटो, खानेपाली, विद्युत तथा शिक्षा स्वास्थ्यलगायतका जनताका आवश्यकता पूरा गर्नेगरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको विकास गरिने आश्वासन दिए ।
सिङ्गो रुपन्देहीलाई नमूनाका रूपमा विकास गर्ने आफ्नो योजना रहेको भन्दै उनले एमाले सरकारको पालामा सुरू गरिएका आयोजनाले स्थानीयहरूले खुलेर आवश्यकता सुनाउन सक्ने भएको बताए । रुपन्देही क्षेत्र नम्बर २ ९२० उम्मेदवार भोजप्रसाद श्रेष्ठले नेकपा एमालेले आश्वासन हैन ग्यारेण्टीका कुरा गर्ने बताए ।‘अब आश्वासन होइन, हामी ग्यारेन्टीका कुरा गर्छौं, सोही अनुसार एमालेको घोषणापत्रमा २० ग्यारेन्टी समेटिएका छन् ’,श्रेष्ठले भने ।
प्रतिक्रिया