पुरानै संरचनामा निर्वाचन : पौडेल

ramchandra-paudel1काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसकेन्द्रित दललाई संविधान कार्यान्वयनमा सहभागी बनाउनका लागि संविधानको संशोधन प्रस्ताव ल्याइएको बताएका छन् । संविधानप्रति असन्तुष्टि प्रकट गरिरहेका मधेसकेन्द्रित दललाई पनि संविधान कार्यान्वयन सहभागी गराउनु पर्ने उनको भनाई थियो ।  नेपाल प्रेस युनियन धादिङले मंगलबार बिहान धादिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मधेसमा बस्ने जनता पनि नेपाली नै भएको र उनीहरुमा राष्ट्रप्रतिको माया कसैभन्दा कम नभएको बताए । कार्यक्रममा नेता पौडेलले भने–‘स्थानीय तहको निर्वाचन गराउन आयोगले निर्धारण गर्न खोजेको गाउँपालिका र नगरपालिकाको सङ्ख्यामा सबै सहभागी हुने अवस्था नरहेको र प्रदेश नं २ मा छलफल नै हुन नसकेकाले यस्तो स्थितिमा स्थानीय तहको निर्वाचन गराउन समस्या पर्न जाने देखिएकाले पुरानै संरचनाअनुसार निर्वाचन गराउन कांग्रेसले प्रस्ताव गरेको हो ।’

प्रतिक्रिया

सम्बन्धित