कान्छारामले लिए कैलाशसँग बदला, रामेछापबाट कांग्रेसका कान्छाराम विजयी

रामेछाप । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् ।

कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे ।

२०७० मा कांग्रेसको समानुपातिक उमेदवारको बन्दसूचीमा परेका थिए ।

२०७४ को प्रतिनिधिसभा रामेछापमा पराजित भए । यसपटक उनले ढुंगेलसँग बदला लिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित