दोलखामा एमालेका शिवाकोटीलाई १५ सय मतको अग्रता
दोलखा । दोलखामा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।
अहिलेसम्म ३६ हजार ३३६ मत गनिएकोमा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।
गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका गंगा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् ।
यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।
दोलखाका १० मतदान केन्द्रमा गत बिहीबार पुनः मतदान भएको थियो ।
प्रतिक्रिया