सरकारको सुदृढीकरण रणनीति बनाउने जिम्मा नीति अनुसन्धान प्रतिष्ठानलाई

PM Oli
काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरण रणनीति योजना बनाउने जिम्मेवारी सरकारले नीति अनुसन्धान प्रतिष्ठानलाई दिएको छ। यो सरकारको ‘थिंक ट्यांक’ संस्था हो।

प्रधानमन्त्री नियुक्त भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सोमबार पद बहाली गर्दा पहिलो निर्णय नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणबारे रणनीतिक योजना बनाउनेबारे गरेका थिए। सोही निर्णयका आधारमा मंगलबार प्रधानमन्त्री कार्यालयले रणनीतिक योजना बनाउने जिम्मा डा‍‍. विष्णुराज उप्रेती नेतृत्वको प्रतिष्ठानलाई दिएको हो।

अध्ययन गरी प्रतिवेदन बुझाउन फागुन मसान्तसम्मको समय दिइएको कार्यालयका प्रवक्ता महादेव पन्थले बताए। उनले भने, ‘प्रधानमन्त्रीज्यूले निर्णय गर्दा रणनीतिक योजना भन्ने थियो। हामीले त्यही फाइलमा संलग्न गरेका थियौँ। प्रमको निर्णयपछि कार्यान्वयनका लागि पिआरआईमा हिजो पठाएका थियौँ।’

मन्त्रिपरिषदले गरेको निर्णयमा सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सुदृढीकरणका लागि रणनीतिक अध्ययन गर्ने उल्लेख छ। प्रधानमन्त्री कार्यालयको रणनीतिक योजना निर्माणको जिम्मा दिइएकामा प्रतिष्ठानका अध्यक्ष डा‍‍. विष्णुराज उप्रेतीले प्रधानमन्त्रीप्रति आभार प्रकट गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित