सरकारमा जाँदै राप्रपा, को–को बन्दैछन् मन्त्री ?

RPP
काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी कम्तीमा ३ मन्त्रालयसहित सरकारमा जाने निश्चित भएको छ । सत्ता गठबन्धनको चौथो ठूलो दल रहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने भएको हो । लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा जानेछन् । राप्रपालाई २ मन्त्रालय दिने प्रस्ताव गरिए पनि ३ वटा मन्त्रालय दाबी गरेको छ ।

वागमतीको मुख्यमन्त्री समेत दाबी गरेको राप्रपाले संघ सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएमा मुख्यमन्त्री छाड्ने बुझिएको छ । वागमती र गण्डकीमा राप्रपाको मत निर्णायक छ ।राप्रपाबाट लिङ्देनसँगै महामन्त्री डा। धवल शम्सेर जबरा, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान मन्त्रीका मुख्य दाबेदार देखिएका छन् । त्यस्तै पार्टी प्रवक्ता एवं युवा नेता ज्ञानेन्द्र शाही पनि मन्त्रीका प्रबल दाबेदार हुन् ।

प्रतिक्रिया

सम्बन्धित