कर्णालीका मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीले लिए शपथ

karnali-mukhyamantri
कर्णाली
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासहित दुई मन्त्रीले शपथ खाएका छन्। मुख्यमन्त्री शर्मासहित विनाविभागीय मन्त्रीका रूपमा एमालेका विनोद शाह र माओवादी केन्द्रका मंगलबहादुर शाहीले शपथ खाएका हुन्।

शर्मालाई माओवादीका १३,एमालेका १०,एकीकृत समाजवादीका एक र राप्रपाका एक जना सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेशसभा रहेको कर्णालीमा बहुमतको सरकार गठन गर्न कम्तिमा २१ जना सांसद चाहिन्छ । मुख्यमन्त्री शर्माको पक्षमा २५ जना सांसद छन् ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस प्रतिपक्ष बनेको छ । यहाँ काँग्रेस १४ सांसदसहित पहिलो दल बनेको छ । यस्तै एकजना स्वतन्त्र सांसद छन् ।
मुख्यमन्त्री शर्मा, विनाविभागीय मन्त्री शाह र शाहीलाई कर्णाली प्रदेशका प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्। विनाविभागीय मन्त्री भएका शाह दैलेख निर्वाचन क्षेत्र २ प्रदेश सभा ९२० बाट र शाही मुगु प्रदेश सभा निर्वाचन क्षेत्र ९२०बाट निर्वाचित सांसद हुन्।

अहिले विनाविभागीय मन्त्री भएका शाह र शाहीलाई दुई पार्टीबीच छलफल गरेर मन्त्रालय तोक्ने सहमति भएको एमाले र माओवादी केन्द्रका नेताहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित