माओवादी केन्द्रबाट को–को बन्दैछन् त मन्त्री ?
काठमाडौं ।
सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादी केन्द्रको भागमा चार वटा मन्त्रालय परेको छ। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।
प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन्। थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन्।
शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ। शपथ दिउँसो १ बजे हुने तय गरिएको छ
प्रतिक्रिया