प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेललाई नियूक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेलले आफूलाई प्रधानमन्त्री प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको बताए ।
‘प्रधानमन्त्रीज्यूले आज मलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो,’ उनले भने। यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालय सदस्य र प्रेस हेर्ने गरी ७ जनालाई नियुक्त गरेका थिए ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई नियुक्त गरेका छन् भने प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फ नवराज ढुङ्गाना र स्वकीय सह–सचिवमा गोकर्ण भट्टलाई नियुक्त भएका छन् । प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सिना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् ।
अब दाहालले कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी नै रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया