डोरप्रसाद अर्याललाई कार्यकारी सभापति बनाउने रास्वपाको तयारी
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी सभापति डोरप्रसाद अर्याललाई दिने तयारी गरिएको छ ।
रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार पार्टीको बैठक बसेर अर्याललाई कार्यकारी सभापति बनाउने भन्ने विषयमा छलफल हुने भएको हो ।
कार्कीले भने, ‘पार्टीको कार्यकारी सभापति डोरप्रसाद अर्याललाई दिने तयारी छ । बैठक बसेर निर्णय हुन्छ । सभापति ज्यूले अदालतको फैसला मान्छु भनिसक्नु भएको छ । अब प्रक्रिया पूरा गरेर नागरिकता लिनुहुन्छ । त्यो बेलासम्म उपसभापति डीपी अर्यालले पार्टीको जिम्मा लिनुहुन्छ । विधान बमोजिम त्यही व्यवस्था छ ।’
प्रतिक्रिया