आफूलाई विजयी घोषित गर्न माग गर्दै आयोग जाँदै उमेश श्रेष्ठ
काठमाडौँ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठ आफूलाई प्रतिनिधिसभा सदस्यमा स्वतः विजयी घोषणा गरेका छन्। गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं। २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन् ।
श्रेष्ठले आइतबार विहान ११ः३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने उनको सचिवालयले जनाएको छ ।
यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।
लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मान्तरले पराजित भएका थिए ।
कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए । श्रेष्ठले जम्मा १४ हजार ९८८ मत ल्याएका थिए ।
तर लामिछाने नागरिकता सम्बन्धि मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएपछि लामिछानेको उम्मेदवारी नै अवैध ठहर भएकोले उनको उम्मेदवारी रद्ध गरी दोस्रो धेरै मत प्राप्त गरेको हिसाबले आफू विजयी हुनुपर्ने श्रेष्ठले जनाएका छन् ।
प्रतिक्रिया