प्रधानमन्त्री मोहन बैद्यबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यबीच भेट बार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो । बैद्य राजनीतिक छलफल भन्दा पनि प्रधानमन्त्री दाहाललाई ६२ औं जन्मदिनको शुभकामना व्यक्त गर्न बालुवाटार पुगेको जनाइएको छ । सो अवसरमा प्रधानमन्त्रीले नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे अवगत गराएको पनि जनाइएको छ ।
प्रतिक्रिया