उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकियो
काठमाडौं ।
सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकिएको छ । बिहीबारका लागि बैठक बोलाइए पनि समय नतोकिँदा अन्योल भइरहेको थियो ।
तर, बिहीबार अपरान्ह ३ बजे संयन्त्रको बैठक बस्नेगरी समय तोकिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो । सो भेटपछि प्रधानमन्त्री प्रचण्डले सो बैठक पछि संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिएका थिए।
संयन्त्रको बैठकमा राष्ट्रपतिको पद उम्मेदवारलगायतका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया