विकास बैंकहरुले घटाए मुद्दती ब्याजदर, भोलिदेखि लागु हुने

Devlopment-bankers
काठमाडौं ।
बदलिदो परिस्थितिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको २०७९ फागुन २९ गते सोमवार बसेको बैठकले चैत १ अर्थात भोलिदेखि लागु हुने गरी बैठकले मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।

जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ ।

उता, चैतमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएर ९।५० र रेमिट्यान्समा १२।५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित