मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । आज ९आइतबार० प्रतिनिधि सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकार मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तयार रहेको बताएका हुन् ।
मिटरब्याज पीडितको आन्दोलन र आवाजप्रति सरकार गम्भीर रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरुको समस्या समाधान गरेर सरकारले नेपालमा सामन्तवादको अवशेष अन्त्य भयो भन्ने पुष्टि गर्न चाहेको बताए ।
‘सामन्तवादबाट लोकतन्त्रमा प्रवेश गरिसकेको नेपालमा सामन्तवादको अवशेषको अन्त्य भयो भन्ने कुरा हामीले सुनिश्चित गर्नुछ । त्यसकारण मिटरब्याजको समस्या र मिटरब्याज पीडितको आन्दोलन, उहाँहरुको आवाजप्रति सरकार गम्भीर छ,’– मन्त्री श्रेष्ठले भने
प्रतिक्रिया