यस्ता छन् मन्त्रिपरिषद बैठकका पाँच निर्णय
काठमाडौं ।
सरकारले मंगलबार र बुधबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति ६ लाख दिने, बैशाख २४ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने लगायतका महत्वपूर्ण ५ निर्णयहरु सार्वजनिक गरेकी हुन् ।
सरकारले मंगलबार सम्पन्न भएको एसीसी प्रिमियर कपमा युएईैर्ला पराजित गर्दै एसिया खेलका लागि छनोट भएका नेपाली क्रिकेट टिमका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललाई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता शर्मालो जानकारी दिइन् ।
यस्ता छन् निर्णयहरु :
१. आगामी वैशाख २४ गते संसद अधिवेशन आव्हान गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने ।
२,.एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललाई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने ।
३. कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने ।
४. कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा बिस्थापितहरुका सन्दर्भमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने ।
५. विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने ।
प्रतिक्रिया