तरुण दलको अध्यक्षमा युवा नेता जितजंग बस्नेत

jitjungnकाठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा युवा नेता जितजंग बस्नेतलाई चयन गरिएको छ। पोखरामा तरुण दलको चौथो महाधिवेशनमा शीर्ष नेताबीच भागबण्डका आधारमा पदाधिकारी चयन गरिएको छ।

 पार्टी निर्देशक समितिले पत्रकार सम्मेलनमार्फत तरुण दलको अध्यक्षमा देउवा निकट जितजंग बस्नेत, महासचिवमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट भुपेन्द्रजंग शाही, कोषाध्यक्षमा नेता खुमबहादुर खड्का निकट विद्वान गुरुङ चयन  गरेको जनाएको हो। यसैगरी नेता कृष्ण सिटौलाको भागमा परेको उपाध्यक्ष भने सिटौलाले नाम नदिएका कारण चयन हुन सकेको छैन।

 सिटौला पक्षाले उपाध्यक्षमा उत्तमकुमार चापागाइँको नाम पठाएको छ । बाँकी पदमा भने  निर्देशक समितिको अर्को बैठकले काठमाडौबाटै  चयन गर्ने निर्देशक समिति सदस्य रामकृष्ण यादवले  जानकारी दिए।  यसैगरी पार्टीृभित्रको गुठगट सन्तुलन मिलाउन  ६१ सदस्यीय कार्यसमितिको आकार बढाएर ९५ सदस्यीय बनाइएको  छ।  जस अनुसार खुला केन्द्रीय सदस्य २३, एक महलासहित पदेशबाट २८, महिला ८, आदिवासी जनजाति, मधेसी ४(४, दलित, अल्पसंख्यक, ३(३, सहिद परिवार थारू, मुस्लिमबाट एक एक , अध्यक्षले मनोनित गर्ने दुइ सचिवसहित १६ गरी कार्यसमितिको संख्या ९५ पुर्याइको छ।

प्रतिक्रिया

सम्बन्धित