मोर्चाद्वारा संसद बैठक बहिष्कार
काठमाडौं : मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनमा आबद्ध सांसदहरुले संसद बैठक बहिष्कार गरेको छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा छलफल सुरु हुनै लाग्दा गठबन्धनका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन हुँदा भएको तीन बुँदे सहमति कार्यान्वयन नगरेको र दशैंअघि नै हुने भनेको संविधान संसोधन प्रस्तावन अझै दर्ता नभएको भन्दै बैठक बहिष्कार गरेको संघीय समाजवादी पार्टीका उपनेता अशोक राईले जानकारी दिए। तिहार र छठ पर्वको अवसरमा करिब दुई साताको स्थगनपछि आज संसद बैठक बसेको हो । बैठकको कार्यसूचीमा कार्कीबिरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल हुने उल्लेख छ।
प्रतिक्रिया