वाईसिएल भक्तपुर जिल्ला संमन्वय समिति संयोजकमा सरराज उप्रेती चयन

Sarraj
भक्तपुर
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) भक्तपुर जिल्ला संमन्वय समितिको संयोजकमा सरराज उप्रेती सर्बसम्बत चयन भएका छन् । आज बसेको वाईसिएल भक्तपुर जिल्ला संमन्वय समिति बैठकले समिति संयोजकमा उप्रेती र सचिवमा सुरेन्द्र सुवाललाई सर्वसम्मत मनोनित गरेको वाईसिएल नेपाल केन्दिय सदस्य एबम् भक्तपुर जिल्ला ईन्चार्ज नरेश रन्जितले बताए ।

बैठकले भक्तपुरमा संगठन सुध्रिकरण एबम् बिस्तारको कामलाई तिब्रता दिदै १ वडा ५० सदस्य अभियानको शुरुवात गर्ने निर्णय समेत गरेको ईन्चार्ज रन्जितले बताए । त्यस्तै बैठकले संगठनको चारैवटा नगरको नगर सम्मेलन गर्ने र जिल्ला सम्मेलनको आयोजना गर्ने निर्णय समेत गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित