प्रदेश विभाजन गर्न दिंदैनौं : एमाले

pradesh-5-baithak-umlकाठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश नम्बर ५ लाई विभाजन गर्न नदिने निर्णइ गरेको छ । सरकारले सीमांकन हेरफेर गर्ने गरी संविधान संशोधनको प्रस्ताव ल्याउने तयारी गरिरहेको बेला एमालेले प्रदेश नम्बर ५ विभाजन गरे स्थिति भयाबह हुने चेतावनी दिएको हो। एमाले प्रदेश नम्बर ५ को मंगलबार बुटवलमा सम्पन्न बैठकले हाल कायम रहेको प्रदेश ५ बाट कुनै पनि जिल्लालाई तलमाथि गरिए आन्दोलन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश प्रमुख एवं पार्टी उपमहासचिव बिष्णु पौडेलले पेश गरेको विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको केन्द्रीय सदस्य सूर्य थापाले बताए । बैठकमा पौडेलले प्रदेश नम्बर ५ का नेता, थारु तथा जनजातिले सीमांकन हेरफेर नचाहेको भन्दै जबर्जस्ती गर्न खोजिए रगतको खोलो बगाउन एमाले पंक्ति तयार रहने विशेष प्रस्ताव पेश गरेका थिए । प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु झिकिएमा थारु र जनजातिले विद्रोह गर्ने एमाले केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए । अहिलेको सीमांकन अनुसार प्रदेश नम्बर ५ मा एमालेका उपाध्यक्ष बामदेव गौतमसहित प्रभावशाली नेताहरु छन् । उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुषाल, सचिवहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, नेताहरु शंकर पोखरेल, छबिलाल  विश्वकर्मा लगायतका नेताहरु यो प्रदेशमा छन् । उनीहरुको उपस्थितिमा भएको बैठकले ५ नम्बर प्रदेश विभाजन गर्ने षड्यन्त्र असफल पार्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित