अंगीकृतलाई पनि महत्वपूर्ण पद
अंगीकृत नागरिकता लिएको १० वर्षमै राष्ट्रपति, प्रधानमन्त्री !
काठमाडौं : सरकारले संविधान संशोधनको मस्यौदा तयार पारेको छ । उक्त मस्यौदामा अंगीकृत नागरिकता लिएका व्यक्तिहरुले नेपालमा १० वर्ष स्थायी बसोबास गरेपछि राष्ट्रपति, प्रधानमन्त्रीसहितका महत्वपूर्ण पदमा निर्वाचित हुन पाउने अधिकार समावेश गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उक्त प्रस्ताव स्वीकार्य नहुने बताइरहेक बेला मधेसी मोर्चाका नेताहरु भने अन्तरिम संविधानको व्यवस्थालाई नै निरन्तरता दिन खोजेको तर्क गरिरहेका छन् । अन्तरिम संविधानमा संवैधानिक पदहरुमा अंगीकृत नागरिकका लागि १० वर्षे प्रावधान राखिएको थियो । मधेसी मोर्चाका नेताहरुले नयाँ संविधानमा भएको व्यवस्था अन्तरिम संविधानभन्दा पछि फर्किएको गुनासो गर्दै अन्तरिम संविधानको प्रावधान राखिए आफूहरुलाई मान्य हुने बताउँदै आएका छन् । यही आधारमा सरकारले अन्तरिम संविधानको प्रावधानलाई संशोधनमार्फत संविधानमा थप गर्न लागेको हो ।
प्रतिक्रिया