भ्रष्टाचारी, तस्करलाई तह लगाउने एआईजी ज्ञवाली प्रधानमन्त्री प्रचण्डबाट लखेटिए.
काठमाडौं । नक्कली भुटानी प्रकरण चालेर पूर्व गृह मन्त्रीलाई समेत जेलकाे हावा खुवाउन सफल नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)एआईजी श्यामलाल ज्ञवाली काठमाडाैं उपत्यका प्रहरी कार्यालयबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा थन्क्याउने काम प्रधानमन्त्री प्रचण्ड, शेर वहादुर देउवा र आरजु राणाले गरेका छन् ।
राष्ट्रकाे सम्पतति लुटेर खाने ललिता निवास जग्गा प्रकरणमा संलग्नहरूलाई पक्राउ गरेर भ्रष्टाचारविरूद्ध देशकाे हितमा काम गर्दै आएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई काठमाडाैं उपत्यका प्रहरी कार्यालयबाट खेदेर नेपाल प्रहरीमा राजनीतिक नेता, शक्ति केन्द्रकाे निर्मम हस्तक्षेप गरिएकाे छ । अब नेपालमा भ्रष्टाचारी, तस्करकाे रामराज्य मजाले चल्ने अवस्था सिर्जना भएकाे छ ।
अब प्रधानमन्त्री प्रचण्ड, शेर वहादुर देउवाले चाहेका मान्छे मात्रै भ्रष्टाचार, तस्कर प्रकरणमा पक्राउ पर्ने छन् । नेपालका अन्य भ्रष्टाचारी, तस्करका लागि भने रामराज्य छाउने भएकाे छ ।
प्रहरीका अधिकारीहरूकाे कमसेकम एक वर्ष सरूवा भएकाे कार्यालयमा काम गर्ने नीति भएतापनि भ्रष्टाचारी, तस्करहरूकाे दवावमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुलाई सरुवा गरिएको छ । प्रहरीमा ८ जना अतिरिक्त महानिरीक्षक रहेका छन् । अतिरिक्त महानिरीक्षकहरुको सरूवा पदस्थापन भएको मात्रै ४ महिना पूरा भएको छ ।
चर्काे दवावमा परेका गृह मन्त्री नारायणकाजी श्रेष्ठले चार महिनामै एआईजीहरू सरूवाको सरुवा प्रस्ताव मन्त्रिपरिषद् मा लगेकाे स्राेत बताउछ । उपत्यका स्राेतका अनुसार, उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवाली, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र प्रशासन विभागका प्रमुख दीपक थापा उपत्यका प्रहरी कार्यालयकाे प्रमुखमा सरूवा गरिएकाे गृह स्राेत बताउछ । यी एआईजीद्वय २०७९ चैत २० गते तत् कार्यालयमा पदस्थापन भएका थिए ।
प्रतिक्रिया