अब चुनाव लड्न चाहँदैनन् सन्नी देओल
काठमाडौं– सन्नी देओल अभिनेता हुनुका साथै पञ्जाबको गुरदासपुर निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीका सांसद पनि हुन्।
संसदमा कम उपस्थितिका कारण सनी प्रायः प्रतिपक्षको निशानामा रहन्छन्। हालै सन्नीले संसदमा आफ्नो कम उपस्थितिको कुरा गरेका छन्। उनले आफू राजनीतिको लागि नबनेको बताए। सन्नीले आफू अब चुनाव लड्न नचाहेको पनि बताए।
न्यूज शो ‘आपकी अदालत’ मा अतिथिको रुपमा देखा परेका थिए सन्नी। यस क्रममा उनलाई संसदमा कम उपस्थितिको बारेमा प्रश्न गरिएको थियो। यसबारे सन्नीले भने, ‘संसदमा मेरो उपस्थिति कम छ। यो राम्रो कुरा भनेर म भन्दिनँ। तर जबदेखि म राजनीतिमा आएको छु, यो मेरो संसार होइन भन्ने बुझेको छु।’
सन्नीले थपे, ‘म आफ्नो निर्वाचन क्षेत्रको लागि निरन्तर काम गरिरहेको छु। र गरिरहनेछु। म संसदमा जान्छु या जान्न भन्ने कुराले फरक पार्दैन। यसले मेरो संसदीय क्षेत्रमा मेरो कामलाई असर गर्दैन।’
उनले भने, ‘एक अभिनेताको हैसियतमा तपाईं जहाँ जानुहुन्छ, मानिसहरूले तपाईंलाई घेर्छन्। मसँग मेरो निर्वाचन क्षेत्रको लागि गरेको कामको सूची छ, तर म आफ्नो कामको घमण्ड गर्नेहरू मध्येको होइन। राजनीति त्यस्तो पेशा हो जसमा म फिट छैन।’
कुराकानीको क्रममा सन्नीलाई सन् २०२४ को लोकसभा चुनावमा उम्मेदवारी दिनेबारे सोध्दा उनले भने, 'म अब चुनाव लड्न चाहन्न।'
जब सन्नीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावमा भाग लिन चाहेमा के गर्नुहुन्छ भनेर सोधेका थिए।यसमा उनले भने, 'मोदीजीलाई पनि थाहा छ यो केटा सन्नीले आफ्नो फिल्मबाट देशको सेवा गरिरहेको छ, त्यसैले फिल्ममा मात्र काम गर्नुपर्छ।’
सन् २०१९ मा पञ्जाबको गुरदासपुर निर्वाचन क्षेत्रबाट उनी सांसद बनेका थिए।
सन्नी देओल २३ अप्रिल २०१९ मा भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए। ०१९ को लोकसभा चुनावमा, उनले पञ्जाबको गुरदासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडे।
जसमा उनले भारतीय राष्ट्रिय कांग्रेसका सुनील जाखरलाई हराएर चुनाव जितेका थिए।
प्रतिक्रिया